RAIN

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको,
महाशाखाले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *