maobadi

काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि सिंहदरबारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी संसदीय   दलको बैठक बसेको,स्रोतले बताएको छ।

देउवाले लिन लागेको विश्वासको मत, सरकारमा मन्त्रीहरूको सहभागिता ,संसद् अधिवेशन लगायतका विषयमाथि बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सभाका सांसदहरु छन् । प्रतिनिधि सभाका ४८ जना माओवादी केन्द्रका सांसदहरूले देउवालाई विश्वासको मत दिँदै छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *