काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । आइतबार बिहान करिब ११ बजे संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको बैठक आज ४ बजे बस्दै छ। देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *