काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलको नेपाल पक्षबाट संयोजकसमेत रहेका रावल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका कारण उनले संसद् पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
सभामुखसमक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् ।रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ ।

