नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन्। भारतको नयाँ दिल्लीमा उपचाररत खनालले विज्ञप्तिमार्फत् आग्रह गरेका हुन्।

देउवाले मत नपाए मुलुकको स्थिति फेरि संकटग्रस्त हुने उल्लेख गर्दै नेता खनालले भनेका छन्, ‘कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु। मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्दछु।’

सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा रहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याएको खनालले बताएका छन्।

‘ ५ वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरी पुनःस्थापित गरिएको छ,’ उनले लेखेका छन्, ‘ त्यसैले यो नेपालको संवैधानिक-राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो।’

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *