काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी बैठकले आफ्ना पार्टीका सांसदहरूलाई प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतको हाल्न निर्देशन दिएको छ।

आज बसेकाे स्थायी कमिटीको बैठकले प्रधानमन्त्री देउवाको विपक्षमा भोट हाल्न पुनः निर्देशन दिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
जनादेशबाट नभई परमादेशबाट आएको सरकार भएकाले एमाले पार्टीले यस सरकारलाई समर्थन नगर्ने निर्णय गरेको प्रवक्त ज्ञवालीले बताए।
बैठकको निर्णयका विषयमा जानकारी दिंदै ज्ञवालीले भने, “आफ्नै पार्टीको सरकार ढालेर बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिनेहरू एमालेमा रहन सक्नुहुन्न।”

