काठमाडौँ  : प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद् सचिवालयले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची शनिबार बेलुका सार्वजनिक गरेको हो।

कार्यसूचीअनुसार बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठन बारेको पत्र पढेर सुनाउने कार्यतालिका रहेको छ ।

त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *