काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

वार्ताका लागि अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन्। भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरिरहेका बेला प्रचण्डले पनि नेता नेपाललाई आफ्नो समूहबाट सरकारमा सहभागिता जनाउन आग्रह गरेको बुझिएको छ ।

आइतबार संघीय संसद्को बैठक बस्नुअगावै कसरी अघि बढ्ने भन्ने बारे ठोस कदम तय गर्न प्रचण्डले नेपालसँग छलफल गरेको स्रोतबाट जानकारी भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *