काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले
आज बिहान ११बजे स्थायी समिति बैठक आह्वान गरेका छन्। तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको यस स्थायी समिति बैठकमा नेपाल समूहलाई पनि बोलाइएको छ।

कार्यदलमा रहेका दुवै पक्षका नेताहरुको आग्रहमा स्थायी समिति बैठक बोलाइएको हो,तर माधव पक्षबाट बैठकमा उपस्थिति जनाउने-नजनाउने विषयमा जानकारी गराइएको छैन।

प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दूरी अझ बढेको छ। ओलीले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेपछि नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए।

स्थायी समिति बैठकपछि अपरान्ह तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा एमाले संसदीय दलको बैठक बस्दै छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *