काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान बालुवाटार सर्दै छन्। देउवाको सचिवालयका अनुसार शुक्रबार बिहान ९:५७ को साइत पारेर देउवा बालुवाटार सर्न लागेका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधबार उनको निवास बालकोट सरिसकेका छन्। प्रधानमन्त्री देउवाले साइत हेरेर बालुवाटार सर्ने तयारी गरेका थिए।
मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन शपथ ग्रहण गरी कार्यभार सम्हालेका हुन्।

