स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।

नेपालमा आज २ हजार ९२६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६४ हजार ५७६ जना र एन्टीजेन परीक्षणबाट ४७ हजार ७९७ जना पुगेको छ।
आज ४३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।
आज १४ हजार १४२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ जनाको पिसिआर र २ लाख ५६ हजार ६२३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

