काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आज डाकेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षीय २३ सांसदलाई पनि बोलाइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै हस्ताक्षर गर्ने २३जना नेपाल पक्षका सांसदलाई आजको बैठकमा ओलीले कुन पक्षमा लाग्ने भन्ने विषयमा अन्तिम टुङ्गो दिन आग्रह गर्ने स्रोतले जनाएको छ ।
आजको बैठकमा माधव नेपाल भने सहभागी नहुने बुझिएको छ । उनी पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट , घनश्याम भुसालबारे भने स्पष्ट भएको छैन ।
नेकपा एमालेका १२१ सांसदमध्ये नेपाल पक्षसँग अहिले २३ जना छन् ।

