RAIN

काठमाडौं : आज देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसै गरी आज राती पनि धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *