[प्रतीकात्मक चित्र]

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा एक शक्तिशाली बम विस्फोट हँदा नौजना चिनियाँ र तीनजना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
पाकिस्तानस्थित चिनिया दूतावासले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।
चिनिया कम्पनीले निर्माणका लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो । दूतावासले एक विज्ञप्तिमार्फत पाकिस्तानी पक्षले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।
जिल्लाको दसु क्षेत्रका सहायक आयुक्त असिम अब्बासीले सिन्ह्वालाई घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
-सिन्ह्वा

