काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलविद्युत् र प्रसारण लाइन आयोजनाको प्राथमिकीकरण गर्न कार्यदल गठन गरेकी छन् ।

ऊर्जा मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायहरुले धेरै आयोजनाहरुको अध्ययन गरिरहेकामा मन्त्री भुसालले पहिलो निर्णयको रुपमा प्राथमिकीकरणका लागि कार्यदल गठन गरेकी हुन् ।

ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटुवालको संयोजकत्वमा गठित कार्यदलमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिका साथै विद्युत् प्राधिकरणको वित्तीय विश्लेषक र विद्युत् विकास आयोजना महाशाखाका उपमहानिर्देशक सदस्य रहेका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *