आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन नेप्से परिसूचक ११.३३ अंकले वृद्धि भएको छ।आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३.३८ विन्दुमा पुगेको छ । आज बैंकिङ, ट्रेडिङ, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड समूह बढेको छ।

आज कारोबारमा आएका २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार एक सय ८ कित्ता शेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कोरोबार भएको छ ।

आज सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीमा रसुवागढी जलविद्युत् आयोजनाका लगानीकर्ता रहेका छन्। मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सबैभन्दा बढी गोर्खा फाइनान्सको ३६ करोड रुपैयाँको कारोबार भएको छ।

चालु आर्थिक वर्षमा नेप्से परिसूचकले रेकर्ड राखेको छ । यही आर्थिक वर्षमा कारोबार रकम तथा नेप्से विन्दुसमेत ३ हजार अंकमाथि पुगेर नयाँ रेकर्ड राख्न सफल भएको छ।

यही वर्षमा नेप्से कारोबार नै साढे १९ अर्बसम्म पुग्नुको साथै कारोबार गर्ने लगानीकर्तासमेत नयाँ रेकर्ड बनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *