काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाएकी हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै संसद् अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *