काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो।

आज बस्न लागेको मन्त्रीपरिषद्को बैठक देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो। यसभन्दा पहिला मङ्गलबार सरकार गठन भएको दिन पहिलो बैठक बसेको थियो।

पाँच सदस्य रहेको यस मन्त्रिमण्डलको पहिलो दिनको बैठकले सबै नेपालीलाई चैत्र महिनाभित्र कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराउनेबारे निर्णय गरेको थियो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *