काठमाडौँ : प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो व्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित गरेका छन् ।

बिहीबार दिउँसो २ बजे बोलाइएको बैठक शुक्रबार २ बसे बस्ने गरी स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन् ।
सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोसिसमा रहेका देउवाले सुरुमा विपक्षी गठबन्धनलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।
देउवाले बुधबार एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुँदै विश्वासको मतका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले जसपाको ठाकुर-महतो पक्षसँग छलफलको तयारी गरेको स्रोतले जनाएको छ ।

