काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको छ ।

बिहीबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो।
रत्न राज्यलक्ष्मी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेपाल समूह)ले गरको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो।
नेकपा एमाले ओली समूहले युथ फोर्स पुनर्गठन गरेको दुई दिनपश्चात् नेपाल समूहबाट अखिल फोर्स गठन गरिएको छ।

