काठमाडौँ : ललिता निवास जग्गा प्रकरणका आरोपित कांग्रेस नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयागले ललिता निवास जग्गा प्रकरणमा गत २२ माघमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारविरुद्ध ९ करोड ६५ लाख विगो जरिवाना माग गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *