काठमाडौं, असार ३० गते । भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ३८ हजार ७९२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ४१ हजार सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा ६२४ जना सङ्क्रमितको मृत्यु हुँदा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने चार लाख ११ हजार ४०८ पुगेको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । हाल चार लाख २९ हजार ९४६ जना सक्रिय सङ्क्रमित छन् ।
भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ डोज कोभिड १९ विरुद्धको खोप लगाइएको छ । गएको चौबीस घण्टामा ३७ लाख १४ हजार ४४१ डोज खोप लगाइएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *