प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन्। देउवाले बिहिबार दिउँसो २ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री देउवाले सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औं महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले केन्द्रबिन्दुलाई जानकारी दिए।

नेपाली कांग्रेसमा अहिले १४ औं महाधिवेशनको तयारी चलरिहेको छ।

आगामी भदौ १६ देखि १९ गतेसम्ममा महाधिवेशन सक्नैपर्ने जटिलता कांग्रेससँग छ। तर, काँग्रेसले क्रियाशील सदस्यताको काम नै सकेको छैन।

क्रियाशील सदस्य छानबिन समितिले अझै काम नसकेकाकारण महाधिवेशन कसरी हुन्छ भन्नेमा कांग्रेसका पदाधिकारी नै अन्योलमा छन्।
यस विषयमा पनि ठोस निर्णय आगामि बैठकले लिने बुझिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *