काठमाडौं : एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले बालुवाटारबाट नाराबाजीका साथ स्कर्टिङ गर्दै बालकोटस्थित घरमा पुर्‍याएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन्।

ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताए।

ओलीले कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्दै माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए ।

कुनै गल्ती नगरेको अवस्थामा आफूलाई परमादेशबाट हटाइएको ओलीको दाबी रहेको छ।

अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि र लोकतन्त्रमाथि अतिक्रमण भएको तर्क ओलीले प्रस्तुत गरे।

सम्बोधनका क्रममा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए। उनले सो अभिव्यक्ति पोख्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *