प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्चको परमादेशले आफू सरकारबाट बाहिरिन लागेको बताएका छन् ।

उनले जनताको जनादेश अझै आफूसँग रहेको पनि बताए। सर्वोच्चको फैसलाले राजनीतिक कोर्ष अस्थिरतातर्फ लम्किएको पनि उनले बताए। तर, हामी सर्वोच्चको फैसला मान्छौं भन्दै फैसला पालना गर्ने बताए।

‘सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ, त्यो समयको कसीमा परीक्षण हुन्छ, तर फैसला पालना गर्छौं।’- उनले भने

सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *