नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज प्रधानमन्त्रीमा गरेकी छिन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले जनाए अनुसार देउवाको सपथग्रहण कार्यक्रम आजै साँझ ६ बजे हुने भएको छ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपाका १४६ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा रिट दायर गरेका थिए।

