काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

मङ्गलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए।
बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट, मणिचन्द्र थापालगायतका नेताहरु उपस्थित थिए।

