काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ। बैठक ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार संसद् पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो।
देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने र सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने भएकाले सरकारमा सहभागिताका बारेमा पनि माओवादी केन्द्रले निर्णय गर्ने जनाइएको छ।

