काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बालुवाटार छोड्ने भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो छलफल गरेर प्रधानमन्त्री फर्केपछि उनले बालुवाटार छोड्ने तयारी गरेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युताउँने निर्णय गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले बालुवाटार छोड्न लागेका हुन् ।
प्रधानमन्त्रीले मङ्गलबार बालुवाटार छोडेर बालकोट जाने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

