काठमाडौं उपत्यकामा आज ५८७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४१० जना, भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ।
नेपालमा आज २ हजार ३९८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७५९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५८ हजार ७७८ जना र एन्टीजेन परीक्षणबाट ४७ हजार ५८ जना पुगेको छ।
आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।
आज ११ हजार १२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ३० हजार २२२ जनाको पिसिआर र २ लाख ४२ हजार ६२६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

