Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

काठमाडौँ । सरकारले खोप अनिवार्य गरेका वैदेशिक रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको छ ।

खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताए । श्रमिक अधिकारीले भने, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भने, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र ? सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप–यो । ”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *