gold

साताको तेस्रो दिन आज सुनको मूल्य बढेको छ। सुन आज २ सयले बढेको हो। सुन आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो। यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो। शुक्रबार पनि १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ। चाँदी आज एक हजार ३२० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *