काठमाडौं : सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान देशव्यापी रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले भेरासेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने गरी अभियान सञ्चलन गर्न लागेको हो ।

जसअनुसार ५५ वर्षभन्दा माथिका एक मात्रा पनि खोप लगाउन नपाएका, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत श्रमिक, नेपाल सरकारले तोकेको अत्यावशयक सेवामा संलग्न व्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई भेरोसेल खोप लगाइने छ ।

यसैगरी ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका नागरिक, पूर्ण र अति अशक्त नागरिक, हाल नेपालमा बसिरहेका शरणार्थीहरु र स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई जोन्सन एण्ड जोन्सन खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *