युरो कप १६ औँ संस्करणको उपाधि इटालीले हात पारेको छ । आइतबार राती भएको फाइनल खेलमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै इटालीले युरो उपाधि हात पारेको हो ।

वेम्बली स्टेडियममा भएको फाइनल खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा इङ्ग्ल्यान्डका ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरे। मार्कुस रासफोर्ड , जार्डन सान्चो र बुकायो साकाले भने पेनाल्टी सुटआउटको सदुपयोग गर्न सकेनन्।

इटालीका लागि डोमोनिको बेरार्डी, लियोनार्दो बोनुची र फेडेरिको बर्नाडेस्चीले गोल गरे भने आन्द्रे बेलोट्टी र जर्जिन्होले गोल गर्न सकेनन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *