काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । केन्द्रीय कमिटीको १४ औं बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि नै सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका थिए ।
सोमबार साँझ स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैलसा सोमबार आउने आंकलन गरिएको छ । यसअघि असार १८ र १९ गते केन्द्रीय कमिटी बैठक बसेकाे थियाे ।

