काठमाडौं : दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला सम्भवत: आज हुँदै छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै जेठ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म बहस चलेको थियो । इजलासमा सबै पक्षको गरी ३४ घण्टाको बहस भएको थियो ।
२१ गते बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गते फैसला सुनाउने जानकारी दिएका थिए ।

