increse price

जेठ अन्तिममा ऐतिहासिक उच्च कारोबारको रेकर्डपछि लगातार ओरालो लाग्दै गएको शेयर बजारमा साताको पहिलो दिन आइतबार वृद्धि भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार करिब २४ अंकले सूचकमा सुधार आएको  थियोे। आज नेप्से परिसूचक ७३.३३ अंकले बढेर २ हजार ८९९.८२ विन्दुमा अर्थात नेप्से पुनः करिव २९०० विन्दुमा पुगेको छ।

परिसूचक बढ्दा आज कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ । आज कारोबारमा आएका २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ ३९ पैसामा कारोबार भएको छ । बिहीबार चार अर्ब ६७ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो।

त्यस्तै आज २०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । त्यसैगरी १० वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा बढी देखिएको छ । सबइन्डेक्सतर्फ विकास बैंकमा ८.२९ प्रतिशतले वृद्धि देखिँदा फाइनान्सतर्फ ८.३७ प्रतिशत बढोत्तरी देखिएको छ । बाँकी अन्य सब इन्डेक्स पनि बढेका छन् ।

एनआइसी एसिया बैंक, नबिल बैंक, नेपाल बैंक, निफ्रा र मञ्जुश्री फाइनान्सको सर्वाधिक शेयर किनबेच भएको छ। एनआएसीको करिब ४० करोड रुपैयाँको किनबेच हुँदा नबिलको २५ करोड ८१ लाख, नेपाल बैंकको २४ करोड ४३ लाख, निफ्राको १८ करोड ७८ लाख र मञ्जुश्रीको १७ लाख ६७ करोड रुपैयाँ रहेको छ।

सबै उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह करिब ५०० अंकले बढेको छ। विकास बैंक र निर्जीवन बीमा समूह समान ३५५ अंकले बढेको छ। फाइनान्स १८१ अंक र लघुवित्त समूह १३२ अंकले बढेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *