आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्।

१५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले पुष्टि गरेका छन्।

प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेका थिए। त्यसै क्रममा प्रहरी गाउँ पुगेर उनलाई पक्रेर ल्याएको हो। केही समययता टोलाउने, आलस्य देखिने लगायत समस्या देखिँदा ती छात्राको परिवारले जँचाउन अस्पताल गरेको थियो। ‘तर शारीरिक रुपमा कुनै समस्या रहेनछन्,’ डिएसपी हमालले भने, ‘घर फर्किएपछि नै बालिकाले आफूमाथिको दुर्व्यवहार घरपरिवारलाई बताइन्।’

बालिकाको परिवारले छोरीमाथिको दुर्व्यवहार विरुद्ध प्रहरीलाई जाहेरी दिएको छ। बुधबार रहस्य खुलेको घटना सञ्चार माध्यमलाई ढिला गरी जानकारी आएको हो।

प्रअ बास्तोलासँग हिरासतमा प्रारम्भिक अनुसन्धान गरिरहेको छ। उनले छात्रालाई शारीरिक रुपमा दुव्र्यवहार गर्नुका साथ अश्लिल मेसेजसमेत पठाउने गरेको बुझिएको छ।
-अन्नपूर्ण पोस्टबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *