प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुर्‍याउने काम नगर्न सबैलाई सचेत गराएका छन्।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन पछि शनिबार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न सचेत गराएका हुन्।

उनले जनताका समस्या तथा असुविधाहरुको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रुपमा प्रयोग गर्ने गरिएको पाइएको भन्दै त्यस किसिमको काम नगर्न सचेत गराएका हुन्।

बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालीन कामबारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफू सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टीमसहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *