काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरूले आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दीविरुद्ध प्रदर्शनमा उत्रिएको युवा संघले जनाएको छ ।
विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रदर्शनमा उत्रिएका हुन् ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफूहरू प्रतिकारमा उत्रिएको बताए ।उनले राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध भएका गतिविधिको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिए ।

