विराटनगर : राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारूढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा प्रदर्शन गरेको छ । अनेरास्ववियूले शनिबार विराटनगरको ट्राफिक चोकमा प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले ‘वी वान्ट इलेक्सन’ भन्दै नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् ।
‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौँ, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौँ’ भन्ने नाराका साथ अनेरास्ववियू सडकमा उत्रिएको हो ।

