काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे ६ बजेसम्म बस्न सकेको थिएन ।

भोलि बस्ने गरी बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक दिउँसोबाट बसिरहेको छ । तर कुनै ठोस निर्णय हुन नसकेका कारण आज
स्थायी कमिटी बैठक बस्न नसकेको स्रोतले बताएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *