काठमाडौं उपत्यकामा आज ४०४ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरम ४१ जना संक्रमित भेटिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ।
नेपालमा आज २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५४ हजार २१२ जना र एन्टीजेन परीक्षणबाट ४३ हजार ४५ जना पुगेको छ।
आज २२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।
आज १० हजार ४१७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ९ हजार ९४० जनाको पिसिआर र २ लाख ३१ हजार ९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

