काठमाडौं : काठमाडौंको थापागाउँस्थित सनराइज अपार्टमेन्टमा बिहीबार बेलुका आत्महत्या गरेकी निर्मात्री तथा अभिनेत्री जेनी कुँवरको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अघि नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सभामा कलाकार, प्राविधिक, निर्माता, निर्देशकले जेनीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

‘घायल’ र ‘हलचल’ फिल्म निर्माण गरेकी जेनीले ‘घायल’, ‘हलचल’, ‘मिस्टर डन’लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

जेनीको श्रीमान र दुई छोरी छन् । दुवै छोरी अमेरिका र अष्ट्रेलियामा छन् । एक वर्षअघिदेखि डिप्रेसनमा रहेकी उनी केही वर्षयता अध्यात्मतर्फ पनि लागेकी थिइन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *