RAIN

काठमाडौं : मनसुनी  वायुको  प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *