RAIN

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै, अन्य स्थानमा सामान्य रहेको छ।

बिहीबार दिउँसो देशभर बदली रहनेछ। मुलुकका धेरैजसाे स्थानमा वर्षा हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाका अनुसार राति पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। ‘लुम्बिनी, सुदूरपश्चिम र बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,’ महाशाखाले जनाएकाे छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *