maobadi

नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्ने मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको हुँदा नेपालको संविधान एवं राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम माओवादी केन्द्र खारेज गर्न अनुरोध गर्दै निवेदन दर्ता गराएका छन्। निवेदन दिन अधिवक्ता बुढाथाकीसँगै माओवादी केन्द्रबाट एमालेमा गएका लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए।

माओवादी केन्द्रले २०६९ देखि महाधिवेशन गरेको छैन। २०६४ सालमा नेकपा(माओवादी)को नाम निर्वाचन आयोगमा दर्ता भएको थियो। २०६५ सालमा एकीकृत नेकपा माओवादी भनी नाम परिवर्तन गरिएको थियो। २०६९ माघ २० देखि २६ सम्म महाधिवेशन भएको थियो। त्यो महाधिवेशनबाट १ सय १ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएका थिए। आयोगमा पेस गरेको २०६९ को विधानको धारा १४ मा ५ वर्षमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। त्यसपछि महाधिवेशन भएको छैन।

आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र)को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल खारेज गरी पाउँ भनेर निवेदन आएको जानकारी दिए।
-अन्नपूर्ण पोस्टबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *