काठमाडौं :  नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।

सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन्। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्म विवाद टुंग्याउने गरी लाग्ने बताएका थिए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो।

कार्यदल निष्कर्ष नजिक पुगेसँगै हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा करिब दुई घण्टा भेटवार्ता भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *