काठमाडौं, असार २३ गते । भारतमा गएको चौबीस घण्टामा ४३ हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा १९ लाख सात हजार २१६ नमूना परीक्षण गर्दा ४३ हजार ७३३ मा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल चार लाख ५९ शहजार ९२० जना सक्रिय सङ्क्रमित छनु । हाल कायम सक्रिय सङ्क्रमित गएको १०२ दिन यताकै सबैभन्दा कम हो । गएको चौबीस घण्टामा ४७ हजार २४० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९७ लाख ९९ हजार ५३४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित तीन करोड छ लाख ६३ हजार ६६५ पुगेको छ । भारतमा कोरोना सङ्क्रमणले हालसम्म चार लाख चार हजार २११ जनाको मृत्यु भएको छ ।


