झापा : झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् ।

झापाको कचनकवल गा.पा. वडा नं. ३ अभिमुक्तेश्वर सामुदायिक वनमा हरिण मारी छाला काटेर घरमा सुकाइरहेको अवस्थामा सोही गा.पा. बस्ने ४० बर्षीय लुखिराम हस्दा र २४ बर्षीय सुमन टुडु पक्राउ परेका हुन् ।

पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *